शनिबार, वैशाख २९, २०८१

अध्यादेशबाट ल्याइएको लोकप्रिय बजेट !

मेरोन्यूज २०७८ जेठ १५ गते १८:११

काठमाडौँ । गत शनिबार प्रतिनिधिसभा विघटन गरेसँगै काम चलाउ बनेको सरकारले सर्वसाधरणको ध्यान तान्ने बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेको हो ।

Advertisement

अर्थमन्त्री पौडेलले शनिबार सार्वजनिक गरेको बजेट कार्यक्रमहरू यस प्रकारक छन् :

१, ज्येष्ठ नागरिक भत्ता वृद्धि गरी मासिक ४ हजार रुपैयाँ ।

२, आन्तरिक पर्यटन विकास गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा ।

३, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा दिने ।

४, १६ वर्ष पुगेका नागरिकलाई निःशुल्क सिम कार्ड प्रदान ।

५, शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण पाइने ।

६, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण ।

७, निषेधाज्ञाको अवधिमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट ।

८, विवादित गरिबी निवारण कोष खारेज ।

९, चितवनमा राम मन्दिर निर्माणसहित देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक धार्मिक स्थाल निर्माण तथा पुनः निर्माण ।

१०, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा ।

११, आधारभूत शिक्षा संस्थामा कार्यरत शिक्षक शिक्षिकालाई तलब वृद्धि ।

१२, रेल मार्गका लागि १० अर्ब ३० करोड बजेड विनियोजन ।

१३, कोरोना भाइरस महामारीबाट प्रभावितलाई राहत प्रदान ।

१४, विद्युतीय सवारीको कम्पनी स्थापना भए करमा भारी छुटसहित विद्युतीय सवारी साधन खरिदमा जोड ।

प्रतिक्रिया