शनिबार, वैशाख २९, २०८१

प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ शब्दमाथि सुनुवाई हुँदै

मेरोन्यूज २०७८ जेठ ४ गते १०:५४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाई हुने भएको छ । प्रधानमन्त्री ओलीले गत वैशाख ३१ गते सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न मानेका थिएनन् ।

सोही आधारमा प्रधानमन्त्री ओलीको सपथ ग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरूले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथ ग्रहणको बाँकी अंश सुरु गरेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्दसमेत उच्चारण गरेनन् ।

त्यस्तै, सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादीका मन्त्रीहरुलाई दोस्रोपटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दाबी गर्दै परेको रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शब्दमाथि सर्वोच्चमा रिट दायर

प्रतिक्रिया