शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शब्दमाथि सर्वोच्चमा रिट दायर

मेरोन्यूज २०७८ जेठ २ गते १७:२५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले कानुनविपरीत प्रधानमन्त्रीले सपथ लिएको भन्दै बदर गर्न माग गरिएको स्रोतले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुई वटा महत्वपूर्ण अंश भन्न मानेका थिएनन् । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न मानेका थिएनन् ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथ ग्रहणको बाँकी अंश भन्न सुरु गरेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्दसमेत उच्चारण गरेनन् ।

शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले अर्को रिट पेश गरेका छन् ।

सन् २००८ मा पहिलोपटक अमेरिकाको राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहोर्‍याएर शपथ लिएका थिए । अमेरिकी संविधानअनुसार शपथको भाषा तोकिएको हुन्छ । उनले आफ्नो शपथको महत्वपूर्ण अंश ुमैले निष्ठापूर्वकु भन्ने वाक्य अघि नै बोल्नु पर्नेमा पछाडि बोलेका थिए ।

नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त भएको तीन दिनपछि बिहीबार राष्ट्रपति भण्डारीले पुनस् प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले अब एक महिनापछि संसदमा विश्वासको मत लिनु पर्नेछ । विश्वासको मत पाएनन् भने उनी फेरि पद मुक्त हुने छन् ।

प्रतिक्रिया