शुक्रबार, वैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा मात्र ३० देखि ३९ वर्ष उमेर समुहका करिब १४ सयमा कोरोना

मेरोन्यूज २०७८ वैशाख १७ गते १७:५६


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तिब्र रुपमा फैल्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र ३० देखि ३९ वर्ष उमेर समुहका सबै भन्दा बढी संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३० देखि ३९ वर्ष उमेर समुहका एक हजार ३८९ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

२० देखि २९ वर्षका २४ घण्टामा एक हजार ३७२ जना कोरोना त्यसैगरी, ४० हजार ४९ उमेर समुहका एक हजार ५० जनामा कोरोना देखिएको छ । पछिल्लो पाँच दिन यता सबैभन्दा धेरै २० देखि २९ वर्षका बढी संक्रमित भएका थिए ।


यसैगरी ० देखि ९ वर्षका १३९ जना र ५० देखि ५९ वर्षका ७३९ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

प्रतिक्रिया