शनिबार, वैशाख २२, २०८१

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८१ वैशाख १३ गते ६:४६

आज मिति २०८१ साल वैशाख  १३ गते बिहिवार । वैशाख कृष्ण प्रतिपदा । पञ्चाङ्ग: व्यतिपात कौलव विशाखा । अप्रिल २५ तारिख २०२४ 

Advertisement

यस्ताे छ तपाईंकाे आज काे राशिफल :-

मेष : स्वादिष्ट भोजन मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।

वृष : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।

मिथुन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

कर्कट : लाभ-हानि, सुख-दुःख बराबरी रहनेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउला।

सिंह : नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

कन्या : राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा सफलता पाइनेछ। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक : मालसामान हराउन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

धनु : नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ। रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मालसामान हराउन सक्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

मकर : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।

कुम्भ : घर-परिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रोकिएका पुराना काम सम्पन्न हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मीन : आफ्नो विचार विपरीत निर्णय हुनेछ। घर परिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

प्रतिक्रिया