शनिबार, जेठ ५, २०८१

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ को मृत्यु

मेरोन्यूज २०८१ वैशाख २२ गते १९:००

मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद् एजेन्सीले शनिबार जनाएको छ ।

Advertisement

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ ।

शुक्रबार दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्तिमा बताए ।

दक्षिण सुलावेसी प्रान्तको लुवु रिजेन्सीमा बाढी र पहिरोका कारण १४ जना बासिन्दाको मृत्यु भएको उनले जानकारी दिए ।
पहिरोले करिब एक सयभन्दा बढी घर गम्भीर क्षतिग्रस्त भएको, ४२ वटा बगाएको तथा चार सडक र एक पुल क्षतिग्रस्त भएको एजेन्सीले जनाएको छ ।

करिब एक सयभन्दा बढी मानिसलाई मस्जिद तथा आफन्तको घरमा सारिएको बताउँदै अधिकारीहरूले एक हजार तीन सयभन्दा बढी परिवार प्रभावित भएको उल्लेख गरे ।

दक्षिण सुलावेसी प्रान्तको अर्को क्षेत्रमा शुक्रबार बाढीमा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको अब्दुलले अर्को विज्ञप्तिमा जनाए ।

मार्चमा सुमात्रा टापुमा आकस्मिक बाढी र पहिरोले कम्तीमा ३० जनाको ज्यान लियो भने अझै धेरै अझै बेपत्ता छन् । डिसेम्बरमा सुमात्राको टोबा ताल नजिकैको पहिरो र बाढीले दर्जनौँ घर बगाएको थियो भने एउटा होटल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार इन्डोनेसियाले वर्षाको मौसममा प्रतिकूल मौसमी घटनाहरूको श्रृङ्खलाको सामना गरेको छ । यो जलवायु परिवर्तनले अझै धेरै बढिरहेको छ ।

प्रतिक्रिया