शुक्रबार, वैशाख १४, २०८१

६५ माथिकालाई दोस्रो डोज असारमा

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:३४

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई असार पहिलो सातासम्म दोस्रो डोज दिने भएको छ । गत फागुन २३ देखि ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा ६५ वर्षमाथिकालाई दिइएको थियो । यो उमेर समुहका करिब १७ लाख ९२ हजार छन् ।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले सिरमसँग आपूर्ति हुन बाँकी रहेको १० लाख मात्रा खोपबाटै यो उमेर समूहका व्यक्तिलाई दोस्रो मात्रा दिने तयारी रहेको बताए । सिरमसँग सम्झौता भई नेपालले १० लाख मात्राको पनि रकम भुक्तानी गरिसकेकाले जेठ अन्तिम सातासम्म खोप आइपुग्ने मन्त्रालयको दाबी छ ।

यसअघि ६५ वर्षमाथिका ९ लाख ४४ हजार ४ सय ३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका थिए । पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्छ । यो संख्या जनसंख्याको ३.१२ प्रतिशत हो ।

प्रतिक्रिया