शुक्रबार, वैशाख २८, २०८१

पाँच स्रष्टालाई कालीगण्डकी सम्मान

मेरोन्यूज २०७८ वैशाख ५ गते ७:४७

भरतपुर । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मान गरेको छ ।

Advertisement

लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहेका छन् ।

साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए ।

विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिए ।

प्रतिक्रिया