शुक्रबार, वैशाख १४, २०८१

मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

मेरोन्यूज २०७७ चैत १३ गते १४:१३

पर्सा । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई वीरगंज महनगरपालिका १३ बाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका(११ ठेगाना भएका २१ वर्षीय दिपक महतो, १९ वर्षीय रबिन्द्र महतो र पर्सा पोखरिया नगरपालिका १ बस्ने २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुले चलाई ल्याएको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा नम्बर प्लेट र बिलबुक समेत नभएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उनीहरुले चोरी गरी ल्याएको खुल्न आएको हो
उनीहरु उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया