शुक्रबार, वैशाख १४, २०८१

किन रोइन कंगना

मेरोन्यूज २०७७ चैत ११ गते १६:२३

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको जन्मोत्सवको अवसर पारेर चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सम्पूर्ण टिम र पत्रकारको उपस्थितिमा चेन्नईमा एउटा कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कंगना आफ्नो मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निकै रोइन् । उनले आफु रोएको एक भिडियो क्लिप ट्विटरमा सार्वजनिक गरेकी छिन् ।

“म आफूलाई बब्बर शेरनी मान्छु, किनभने म कहिले पनि रुँदिन र कसैलाई मलाई रुवाउने मौका पनि दिन्न । मलाई याद छैन म पछिल्लो पटक कहिले रोएँ, तर अहिले म रुँदै छु,म धेरै नै रुँदैछु र मलाई राम्रो महसुस भैरहेको छ,” भिडियो सेयर गर्दै उनी लेख्छिन् ।

कंगनाको मुख्य भूमिका रहेको ‘थलाइवी’ जयललिताको बायोपिक हो । चलचित्र हिन्दी भाषा लगायत तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुने बताइएको छ । चलचित्र यहि अप्रिल २३ मा रिलिज हुँदैछ । नवभारत टाइम्स

प्रतिक्रिया