शनिबार, वैशाख २२, २०८१

आदित्यसँग अनन्याको सम्बन्धबारे पिता चंकी : ‘२५ वर्ष पुगेकी छोरीलाई केही भन्न सक्दिन’

मेरोन्यूज २०८१ वैशाख ११ गते १६:५५

काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् ।

Advertisement

एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफैले लिन दिने बताएका छन् ।

चंकीले अनन्याले बलिउडमा आफैंले ठाउँ बनाएकोमा प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा चंकीलाई आदित्य रोय कपुरसँग अनन्याको सम्बन्धबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘मलाई यसमा कुनै समस्या छैन । अनन्या २५ वर्षकी भइन् र मभन्दा धेरै पैसा कमाइरहेकी छिन् । उनीहरु जे चाहन्छन् गर्न सक्छन् । २५ वर्षकी छोरीलाई केही भन्न म कसरी हिम्मत गर्न सक्छु ।

लभ लाइफको कुरा गर्ने हो भने, अनन्या आजकाल आदित्य रोय कपूरलाई डेट गरिरहेकी छिन् । दुवैले अहिलेसम्म आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक नगरे पनि धेरै अवसरमा सँगै देखिएका छन् । अनन्याले पनि गत वर्ष आदित्य रोय कपुरसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी थिइन् ।

प्रतिक्रिया