शनिबार, जेठ ५, २०८१

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै 

मेरोन्यूज २०८१ वैशाख २२ गते ९:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

Advertisement

महानगरले कक्षा सञ्चालनका लागि आज सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । 

काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेदवारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो । सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ । 

नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायव सुब्बास्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया