एमाले महाधिवेशनः बन्दसत्र शुरु, विदेशी पाहुना अतिथि
मेरोन्यूज
२०७८ मंसिर ११ गते १५:५१
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा बन्द सत्र शुरू भएको छ ।
चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी शनिवार अपरान्ह साढे ३ बजेबाट बन्द सत्र शुरू भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।
बन्द सत्रको आरम्भमा विदेशबाट आमन्त्रित पाहुनाहरुलाई शुभकामना मन्तब्य राख्न दिइएको छ ।
विदेशबाट महाधिवेशनमा आउन नसकेका विभिन्न पार्टीहरुको शुभकामना मन्तब्य सुनाइने कार्यक्रम छ ।
बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया