आइतबार, वैशाख २३, २०८१

तराइमा पहिले भन्दा बढि जनशक्ति परिचालन भएको छ : महानिरीक्षक खनाल

मेरोन्यूज २०७८ कार्तिक २२ गते १९:११

काठमाडौं । सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालले तराइका जिल्लामा पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन् ।

Advertisement

सशस्त्र प्रहरि बल नम्बर १० गण सर्लाहीको नबनिर्मित भवनको सोमबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सिमा सुरक्षालाइ मजबुत बनाउन आगामि दिनमा बोर्डर आउट पोस्ट (बिओपि) को संख्या पनि बढाउंदै लैजाने बताए ।

सुरक्षा बेश हरुले न्युन जनशक्ति र सिमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटि रहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पुरा गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरि बल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराइका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुती गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामि दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारिहरुलाइ निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरि बल प्रति आम जनताले गरेको भरोसा लाइ कायम राख्दै आगामि दिनमा रास्ट्र र संगठन प्रति इमानदार , नैतिकवान,अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिए । कार्यक्रममा सर्लाहि जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया