जसपाले लुम्बिनीका ३ सांसदलाई फेरि गरयो कारवाही
काठमाडौं । उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता पाएपछि उसले पार्टी निर्देशन अटेर गरिरहेका लुम्बिनी प्रदेशसभामा निर्वाचित पार्टीका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । पार्टीको आधिकारिता पछि पहिलो पटक बसेको जसपाको केन्द्रीय कार्यकारीणी समितिको बैठकले लुम्विनी प्रदेशका पार्टी सांसदलाई कारवाही गर्ने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य मोहमम्द इस्तियाक राईले जानकारी दिए ।
लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे कारवाहीमा परेका हुन् ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो ।
पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएपछि उनीहरुले पूर्नवाहाली पाएका थिए । तर अव जसपाको आधिकारिता टुग्गिएकोले उनीहरुमाथीको कारवाहीले वैधानिकता पाएको थिएन । अव भने जसपाको निर्णयलाई आधिकारिक मान्न सकिने आधार देखाएको छ ।
मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
लुम्बिनीमा जसपाले सरकारलाइ साथ दिईरहेका तीन सांसदलाइृ कारवाही गरेपछि मुख्यमन्त्री शंकर पोखरेलको सत्ता फेरि संकटमा परेको छ ।
प्रतिक्रिया