शुक्रबार, जेठ ४, २०८१

संघीय संसदको बजेट अधिवेशन आव्हान

मेरोन्यूज २०८१ वैशाख २० गते २०:४४


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपालको संविधानको धारा ९३ (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ”, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया