आइतबार, वैशाख २३, २०८१

वायुसेवा निगम निजीकरण नगर्न सर्वोच्चको निर्देशन

मेरोन्यूज २०७८ साउन १० गते १९:२८

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्न सर्वोच्च अदालतले अन्तिरम आदेश दिएको छ । अदालतले निजीकरणको कामलाई यथावस्थामा राख्न आदेश दिएको हो ।

Advertisement

अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश दिएको हो ।

‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुनअघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, ​आदेशमा भनिएको छ, निजीकरणका सम्बन्धमा कुनै निर्णय गर्नु नगराउनु ।’

निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनेर निवेदन दर्ता गरेकाले दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै साउन २५ गते अन्तरिम आदेश छलफलको पेसी तोकी उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया