साइत जुराएर देउवा बालुवाटार प्रवेश
मेरोन्यूज
२०७८ साउन १ गते १०:५९
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी शुक्रबार साइत जुराएर बिहान १० बजे बालुवाटार प्रवेश गरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीको सपथ खाएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।
उनी मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।
सम्बन्धित
प्रतिक्रिया