मंगलबार, वैशाख १८, २०८१

उद्योगी व्यवसायीको सल्लाह मानेन सरकारले

समयमै तिर्नुपर्ने भो कर

मेरोन्यूज २०७८ जेठ २ गते १६:२५


काठमाडौं । कर विवरण तथा दाखिला गर्ने म्याद थप गर्न ३ ठूला उद्योगी संघले गरेको आग्रह सरकारले अस्विकार गरेको छ । देशभर निषेधाज्ञाबीच सरकारले कर तिर्ने म्याद नथप्ने भएको हो । आन्तरिक राजस्व विभागले हालसम्म म्याद थप्ने कुनै तयारी नगरेको जनाएको हो ।विभागले जति पनि रकम अनलाइन माध्यमबाट तिर्न सकिने व्यवस्था गरेको भन्दै तत्काल म्याद थप नहुने भएको उल्लेख गरेको छ ।

नेपाल चेम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ सहित ३ संघले सरकारलाई कर तिर्ने म्याद थप गर्न आग्रह गरेको थियो । गत बैशाख २१ गते ३ संघले बिज्ञप्ति जारी गर्दै कर सम्बन्धित कागजपत्र कार्यालयमै रहने भएकाले विवरण र रकम दाखिला अनलाइनबाट सम्भब नभएको जनाएका थिए ।

चेम्बर अफ कमर्श, महासंघ र परिसंघले सामुहिक रुपमा करले नै राज्य परिचालनका लागि आर्थिक सहयोग हुने भएकाले कर तिर्ने म्याद थप गर्ने व्यवस्थाको लागि अनुरोध समेत थिए ।

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले नियन्त्रणका लागि भएको उक्त संक्रमणको निषेधाज्ञाले समस्यामा परेको बिज्ञप्तिमा उल्लेख थियो ।

यद्यपी विभागका सूचना अधिकारी अर्जुन ढकालले निषेधाज्ञा बीचमै वैशाख महिनामा आयकर तथा भ्याट विवरण बुझाउने म्याद सकिएकोले जेठ महिनाको कर विवरण बुझाउने जेठ २५ गतेसम्म मिति तोकिएको जानकारी दिए ।

वैशाख २५ गतेभित्र विवरण नबुझाउने व्यवसायिक संस्थामाथि कानुन बमोजिम कारबाही हुने विभगाले सूचना मार्फत उल्लेख गरेको छ ।

गत वर्ष कोभिड महामारी फैलिएसँगै सुरु भएको लकडाउनमा कर तिर्न भनेपछि सरकारको चर्को आलोचना भएको थियो । योसँगै सरकारले कर तिर्ने मिति थप गरेको थियो ।

यो पनि पढ्नुहोस्

कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

प्रतिक्रिया