बुधबार, वैशाख १२, २०८१

कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

मेरोन्यूज २०७८ वैशाख २१ गते १७:०५

काठमाडौं । कर विवरण तथा दाखिला गर्ने म्याद थप गर्न नेपाल चेम्बर अफ कमर्शले सरकारलाई आग्रह गरेको छ । चेम्बरले मंगलबार बिज्ञप्ति जारी गर्दै कर सम्बन्धित कागजपत्र कार्यालयमै रहने भएकाले विवरण र रकम दाखिला अनलाइनबाट सम्भब भएको जनाएको छ ।

चेम्बरले करले नै राज्य परिचालनका लागि आर्थिक सहयोग हुने भएकाले कर तिर्ने म्याद थप गर्ने व्यवस्थाको लागि अनुरोध समेत गरेको छ । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले नियन्त्रणका लागि भएको उक्त संक्रमणको निषेधाज्ञाले समस्यामा परेको चेम्बरले जनाएको छ ।

चेम्बरले उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया