मंगलबार, वैशाख १८, २०८१

देशभर ८६५९ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २२ गते १६:२९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर आठ हजार ६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६५९ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पिसिआर परीक्षणमा आठ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी आठ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया