मंगलबार, वैशाख १८, २०८१

देशैभर २८२ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

काठमाडौं उपत्यकामा मात्र १०८

मेरोन्यूज २०७८ वैशाख ११ गते १७:४४

काठमाडौं । देशभर हाल २८२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले २१३ आइसियु र ६९ जना भेन्टिलेटरमा गरी २८२ जना बिरामी उपचाररत रहेको जनाएको छ। यसअघि शुक्रबार २३० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

कुन प्रदेशमा कति संक्रमित आइसीयू र भेन्टिलेटरमा ?

मन्त्रालयका अनुसार प्रदेश १ मा १४ र प्रदेश २ मा ७ जना कोरोना संक्रमित आइसियुमा छन्। भने पछिल्लो २४ घण्टामा कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ । प्रदेश २ मा ७ जना आइसीयूमा रहेका छन् । बागमती प्रदेशमा ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १४ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा मात्र १०८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा ६१ जना संक्रमित आइसियु र ४७ भेन्टिलेटरमा रहेका छन् । सोही अस्पतालहरुमा ४७१ जना आइसोलेसनमा रहेका छन् ।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ८ भेन्टिलेटर र ८७ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ४ आइसियु, ३ भेन्टिलेटर र ३४ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २ आइसियु र ५ भेन्टिलेटर र ३९ जना आइसोलेसनमा छन्।

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ भेन्टिलेटरमा र ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ५ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ८ आइसियु, १० भेन्टिलेटर र ७२ जना आइसोलेसनमा छन्। निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र १७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ३७ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु ३ जना भेन्टिलेटरमा र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा ९ जना आइसियु, १ जना भेन्टिलेटरमा र ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया