मंगलबार, वैशाख २५, २०८१

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

मेरोन्यूज २०७८ वैशाख १० गते १२:०१

काठमाडौँ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ।

Advertisement

दल दर्ता गर्दा दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिनहको नमुना संलगन गर्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार वैशाख १४ गतेभित्र दल दर्ता गरिसक्नु पर्नै छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि उक्त पद रिक्त भएको थियो । सांसद हटेसँगै बादलको गृहमन्त्री पद पनि गएको थियो।

संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि बादललाई ६ महिनाको लागि गृहमन्त्री नियुक्त गरेका थिए । बादल गत फागुन २८ देखि नेकपा एमालेको केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया