मंगलबार, वैशाख १८, २०८१

मेलम्चीको पानी दिन बिराएर वितरण गरिने (हेर्नुहोस् तालिका)

मेरोन्यूज २०७७ चैत १५ गते १५:५८

काठमाडौं । मेलम्चीको पानी काठमाडौंको महांकालचौर वितरण केन्द्रबाट दिन बिराएर वितरण गरिने भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कहाँ र कहिले वितरण हुने भन्ने तालिका आज सार्वजनिक गरेको छ।

तालिका अनुसार पहिलो दिन न्यूरोड, क्षेत्रपाटी, कुटुबाहाल, सिफल, कालो पुल, माली गाउँलगायत क्षेत्रमा पानी वितरण गरिने भएको छ।

दोस्रो दिन इन बहाल, ज्याठा, भोटाहिटीलगायत क्षेत्रमा पानी वितरण गरिने लिमिटेडले सार्वजनिक गरेको तालिकामा उल्लेख छ।

प्रतिक्रिया