बिहीबार, वैशाख २७, २०८१

पूर्वडीआईजी रमेश खरेलले छाडे रास्वपा

मेरोन्यूज २०८० चैत १४ गते १६:०७

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्।

Advertisement

सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो। खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाएका हुन्।

खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा आवद्ध भएका थिए । रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका उनी जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भएका थिए ।

प्रतिक्रिया