युक्रेनको वारले हो हाम्रो नदी सित्तैमा भारतलाई दिएको ? : केपी ओली
मेरोन्यूज
२०८० जेठ २७ गते १५:४८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले देशमा ग्रहण लागेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त अवस्था राम्रो छैन्, देशलाई नै ग्रहण लागेको जस्तो भएको छ ।’
यस्तै, अध्यक्ष ओलीले युक्रेनको वारले हो हाम्रो नदीहरू भारतलाई सित्तैमा दिएर आएको भन्दै प्रश्न गरेका थिए । ‘युक्रेनका वारले यहाँ धुँलो उडाएको कि ? धुँवा उडायो कि के गरेको छ ? युक्रेनको वारले हो हाम्रो प्रधानमन्त्री जीले हाम्रो नदीहरू सित्तैमा दिएर आएको ?’
उनले प्रधानमन्त्रीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसकेको भन्दै आक्रोश पोखे ।
सम्बन्धित
प्रतिक्रिया