लाओसलाई हराउँदै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि
मेरोन्यूज
२०७९ चैत १७ गते १९:३९
काठमाडौँ । खेल सकिन तीन मिनेट बाँकी हुँदा मनिष डाँगीले गरेको निर्णायक गोलसँगै थ्री नेसन्स कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हराएको हो । खेल १–१ गोलको स्थितिमा हुँदा ८७ औँ मिनेटमा डाँगीले गोल गरेका थिए ।
यसअघि १७ औँ मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेको हो ।
नेपालले उपाधिसहित पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेताले दुई हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।
सम्बन्धित
प्रतिक्रिया