शुक्रबार, जेठ ४, २०८१

वेस्ट इन्डिजविरूद्ध नेपालका दुवै ओपनर आउट

मेरोन्यूज २०८१ वैशाख २० गते १४:३२

काठमाडौं । वेस्ट इन्डिजविरूद्ध जितका लागि २१० रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ।

Advertisement

त्रिवि मैदान कीर्तिपुरमा पहिलो ओभरको दोस्रो बलमा नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो।

उनी म्याथ्यु फोर्डीको बलमा बोल्ड भएका हुन्।

४.१ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। ५ बल खेलेका भूर्तेल १ रन बनाएर आउट भएका हुन्।

भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।

प्रतिक्रिया