प्रधानमन्त्रीले दिए नवनियुक्त आईजीपी कुँवरलाई बधाई
मेरोन्यूज
२०७९ चैत १० गते १७:२६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर बधाई दिएका हुन् ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपी नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी आईजीपी बनेका हुन् ।
यही चैत ६ गतेको मन्त्रिपरिषद्ले कुँवरसहित पाँच जनालाई एआईजीमा बढुवा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया