आइतबार, वैशाख २३, २०८१

सन्दीप लामिछानेको विषयमा हामी संवेदनशील छौं : क्यानका अध्यक्ष चन्द

नेपाल टी-२० लिगमा हामीबाट त्रुटि भयो: क्यान

मेरोन्यूज २०७९ माघ १२ गते १५:२२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-२० लिगमा आफूहरूबाट त्रुटि भएको स्वीकारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।

Advertisement

उनले सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताए । उनले फ्रेन्चाइज टिमका खेलाडीहरूले रकम पाउन बाँकी भएको स्वीकार गरे । केही टिमले ६० प्रतिशत रकम पाएको र बाँकी रकम पाउन बाँकी रहेको उनले जानकारी दिए ।

उनले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।
उनलेभने,’आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ, के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।’

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

प्रतिक्रिया