आइतबार, जेठ ६, २०८१

पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

मेरोन्यूज २०८१ वैशाख २३ गते १८:४६

पोखरा। पोखरा महानगरपालिका – १८ खपाैदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरिको गोताखोरले निकालेको छ ।

Advertisement

पोखरा महानगरपालिका- ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४/१५ को सोनम सुवेदी आइतबार दिउँसो पाैडि खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्ता भएपछि उनिसँगै पौडी खेल्न गएका अर्का वालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

दिउँसो १३:३० बजे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद उद्धार एवं गोताखोर टोलीले हर्पन खोलाबाट १४:२० बजे बालकको शव निकालेको हो ।

थप प्रक्रियाका लागि उनको शव नेपाल प्रहरीलाइ बुझाइएको छ ।

प्रतिक्रिया