शनिबार, वैशाख २२, २०८१

इन्दिरा उपसभामुखको कुर्सीमा बस्नु शोभायमान हुनु हो : सोविता गौतम (भिडिओसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सांसद इन्दिरा राना मगरलाई उपसभामुखमा विजयी भए शोभा बढ्ने बताएकी छन् ।

Advertisement

शनिबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सांसद राना उपसभामुख बन्दा पदको शोभा बढ्ने बताएकी हुन् ।

उनले भनिन्, ‘मानननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो ।’

सांसद राना मगरले कारागारमा भएका बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षा दीक्षामा काम गर्दै आएकी छन् ।

प्रतिक्रिया