सोमबार, वैशाख २४, २०८१

काठमाडौं महानगरको निर्देशन सरकारी र निजी कार्यालय परिसरका फोहोर ३५ दिनभित्र हटाउनु

मेरोन्यूज २०७९ मंसिर २१ गते ७:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।

Advertisement

महानगरले सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन निकालेर आग्रह गरेको हो।

कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेका छन्। यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले भनेको छ। तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया