मंगलबार, वैशाख १८, २०८१

एकीकृत समाजवादीको ७ स्थानमा अग्रता, सातै स्थानमा मुख्य प्रतिद्वन्द्वी एमाले

मेरोन्यूज २०७९ मंसिर ६ गते १०:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबीचको मतान्तर ५४२ रहेको छ ।
बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १९३७ मतले पछ्याइरहेका छन् ।
त्यसैगरी, डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गरेका छन् । उनलाई एमालेका गौरीकुमारी ओलीले २३९२ मतले आलेलाई पच्छ्याइरहेकी छिन् ।

यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट अग्रता लिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्त गरेका छन् ।
दाङ १ बाट मेटमणि चौधरीले २०२६ मतले अग्रता कायम गर्दा एमालेका शान्ता चौधरीले १३०१ मत प्राप्त गरेकी छिन् ।

सल्यान १ बाट प्रकाश ज्वालाले ७१२९ मतले अग्रता कायम गर्दैगर्दा स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहले ३७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् ।

यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १०३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १४५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया