जम्मा ४४४ जना मात्रै सक्रिय कोरोना संक्रमित
मेरोन्यूज
२०७९ मंसिर २ गते १५:११
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप आठ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सोही अवधिमा १७ निको भई फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनामा गरिएको नमूना परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया