आइतबार, वैशाख २३, २०८१

महिला प्रहरीलाई ब्यारेकभित्रै बलात्कार गरेको अभियोगमा खानिखोलाका इन्स्पेक्टर पक्राउ

महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको आरोप

मेरोन्यूज २०७९ असोज १६ गते १६:१५

काठमाडौं । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपुर्व ढुंगाना पक्राउ परेका छन् । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि ढुंगाना पक्राउ परेका हुन् ।

Advertisement

उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिएए । प्रहरी स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।

प्रतिक्रिया