देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ असोज १३ गते १६:४५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ६७८ जनामा स्वास्थ्य परीक्षण हुँदा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।
उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ७७ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया