डेंगु फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने किटनाषक औषधि बायोडाट एम नेपालमा
जिवजनावर र मानिसमा कुनै असर गर्दैन
काठमाडौं । डेंगु फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रा.लिले नेपालमा भित्र्याएको हो । अहिले देशैभर डेगु प्रकोपकै रुपमा फैलिएको छ
यो औषधि विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसीं) अमेरिकाले मान्यता दिएको यो विषादी नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति दिएको सफल स्वास्थ्य सेवा प्रा.लिले जनाएको छ ।
अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले यो विषादीले डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपालाई नष्ट गर्ने बताए ।
उनले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा परीक्षण सफल भएको समेत जानकारी दिए । उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए ।
त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अच्युत अधिकारीले लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने बताए । अधिकारीका अनुसार डव्लुएचओले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको छ ।
उनले भने, ‘ यो औषधिले जीव तथा मानिसमा असर गर्दैन् ।’ यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने उत्पादक कम्पनीको दावी छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जिडी ठाकुरले महामारीको रुप लिदै गएको डेंगु फैलाउने स्रोत नष्ठ गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताए ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. मरासिनीले बायोडाट एम नामक यो विषादी सरकारले लिएर जोखिमयुक्त ठाँउमा छर्कनुपर्ने बताए ।
सफल स्वास्थ्य सेवा प्रालिले अहिलेको डेंगु प्रकोप निन्त्रणका लागि स्थानीय तहसंग समन्वय गरेर यो विषादी उपलव्ध गराउने तयारीमा लागेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार हालसम्म डेंगु संक्रमणबाट नेपालमा ३६ जनाको मृत्यु भएको छ भने २७ हजार ५६९ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया