सोमबार, वैशाख १७, २०८१

प्रचण्डले पार्टी बैठकमा भने – भोलि मलाई पदाधिकारी प्रस्ताव ल्याउन दिनुस्

मेरोन्यूज २०७९ भदौ १ गते १६:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी अव ढिलाई नगरी टुंग्गो लगाउने बताएका छन् । वुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले भोलि पून स्थायी समिति बैठक राखेर त्यसैमा आफुले पदाधिकारीको प्रस्ताव ल्याउने बताएका हुन् ।

‘भोलि मलाई पदाधिकारीको प्रस्ताव ल्याउन दिनुस्, म गृहकार्य गरेर प्रस्ताव ल्याउाछु,’ प्रचण्डले पार्टी बैठकमा भने ।

बुधबार माओवादीको स्थायी समिति बैठकमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिारी चयन सम्वन्धी संगठनात्मक प्रस्तावमा केन्द्रीत रहेर छलफल भएको थियो ।

प्रवक्ता समेत रहेका नेता कृष्णवहादुर महराले सवै संगठनात्मक विषयमा छलफल भएकोले भोलिको बैठक बसेर सवै विषय टुग्गो लगाइने बताए । ‘आज हाम्रो केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति देखि पदाधिकारीसम्मका विाष्मया छलफल भएको छ,’ महराले बैठकपछि भने,–‘भोलि सवै विषय टुग्गिने गरी विषयवस्तु आउँछ ।’

प्रचण्डले भने बैठकमा सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउने बताएका छन् । माओवादीको गत पुसमा सम्पन्न महाधिवेशनलेअ हिलेसम्म पदाधिकारी चयन गरेको छैन । महासचिवमा बर्षमान पुन र जनार्दन शर्माको चर्काे दावीका कारण प्रचण्डलाई पदाधिकारी छान्न सकस परिरहेको छ ।

तर उनले भोलिको बैठकमा भने पदाधिकारीको प्रस्ताव ल्याउने बताएका हुन् । माओवादीमा १७ देखि २१ जना सम्मको पदाधिकारी बनाउने विषयमा छलफल चलिरहेको पनि एक नेताले बताएका छन् ।

प्रतिक्रिया