मंगलबार, वैशाख १८, २०८१

नयाँ दिल्लीमा १५ औँ गणतन्त्र दिवस मनाइयो

मेरोन्यूज २०७९ जेठ १६ गते १४:३९

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा १५ औँ गणतन्त्र दिवस मनाइएको छ । हरेक वर्ष जेठ १५ गते नेपालभर मनाउँदै आएको गणतन्त्र दिवसको अवसरमा भारतमा रहेका नेपालीहरूले पनि दिवस मनाएका हुन् ।

अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिअन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिको संयुक्त आयोजनामा मिति जेष्ठ १५ मा गणतन्त्र दिवस मनाएको हो ।

दिवस कार्यक्रमको अध्यक्षता दिल्ली हरियाणा युपी संयुक्त राज्य समिति अध्यक्ष बेलबहादुर पुन र कार्यक्रमको सञ्चालन दिल्ली राज्य सचिव अटल परियारले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय महासचिव चक्र बहादुर मलाती, उपमहासचिव आरवी खड्का थिए । यस्तै, संयुक्त राज्य समिति सहइञ्चार्ज मानु श्रेष्ठ, सदस्यहरू नारायण वि.क. अर्जुन दयाललगायत उपस्थिति थियो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया