मंगलबार, वैशाख १८, २०८१

मिडियाकर्मी बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड

मेरोन्यूज २०८१ वैशाख ३ गते ६:५०

काठमाडाैँ । अमेरिका- मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।

अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको बिशेष समारोहमा बस्नेतलाई युथ युनेस्काे क्लव अमेरिका, अमेरिकन युनिभर्सिटी अफ साेभेरेन नेसन, इबिअस इथिक्स इन्स्टिचुट ( न्युजिल्यान्ड ,जापान), फिलिपिन्स एसाेसियिन अफ इक्सटेन्सन प्राेगाम इम्प्लिमेन्टर्स, सेन्ट पवल्स युनिभर्सिटी फिलिपिन्स , युथ लुकिङ बियाेन्ड डिजास्टर, युथ पिस एम्बेस्टर इन्टरनेसनल, द वर्ल्ड इज जस्ट अ बुक अवे (अमेरिका , इन्डाेनेसिया), मेरिटाइम एकेडेमी अफ एसिया एण्ड द प्यासिफिकले संयुक्त रूपमा २०२४-२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो ।

`मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं´ अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा ड्यालरले भने ‘आगामी दिनमा उनी अझै युवा र शान्तिका लागि योगदान गर्नेछन ।´ सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिदै आईरहेको छ । हाल सम्म ६५ देशका ब्यक्तिहरू यो उपाधि पाईसकेका छन । ‘ यो अवार्डसंगै अब उहाँहरूले अन्तराष्ट्रिय फोरमहरू पाउनुहुनेछ´ युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने `संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।´

`मिडियामा युवा र शान्ति’ बिधाबाट उनलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि मिडियामा आवद्व छन । हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन ।

प्रतिक्रिया