श्रीलंकामा हटाइयो संकट काल
मेरोन्यूज
२०७९ जेठ ७ गते १६:२८
काठमाडौँ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकट काल हटाइएको छ । झण्डै दुई सातापछि संकट काल हटाएको हो ।
सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रोपटक आपत काल घोषणा गरेका थिए ।
शुक्रबार मध्यरातबाट लागू हुने गरी आपत काल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया