बाराको फेटा गाउँपालिकामा विवेकशील साझाका अंसारी निर्वाचित
मेरोन्यूज
२०७९ जेठ ५ गते १७:५३
काठमाडौं । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा साझा पार्टीका रुस्तम अंसारी ४ हजार ४८५ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेकामा अमिरीलाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे ।
उपाध्यक्षमा विवेकशीलकै निलम शाहले ३ हजार ५७० मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी कमरुन खातुनले ३ हजार ३३३ मत प्राप्त गरिन् ।
विवेकशील साझा पार्टीले जितेको यो पहिलो पालिका हो ।
सम्बन्धित
प्रतिक्रिया