बुधबार, वैशाख २६, २०८१

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालले रोज्यो फिल्डिङ

मेरोन्यूज २०८१ वैशाख १५ गते १२:०३

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदै छ ।

Advertisement

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।  

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोलीबाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो। 

शुक्रबार थप चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरि र लोकेश बम थपिएका छन्। 

सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ। चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ। 

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम। 

वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स।

प्रतिक्रिया