आइतबार, वैशाख २३, २०८१

आगलागी पीडितलाई पालिकाको नगद राहत

मेरोन्यूज २०८१ वैशाख १३ गते १९:१८

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—६ का आगलागी पीडित एघार परिवारलाई नगद राहत दिइने भएको छ ।

Advertisement

गत शुुक्रबार दिउँसो लागेको आगलागीबाट घरबारविहीन भएका परिवारलाई नगद राहत दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुुद्धप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार घर जलेर पूर्णक्षति भएकापरिवारलाई प्रतिपरिवार रु ७० हजार, आंशिक क्षति भएकालाई रु ४० हजार र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णयभएको छ ।

एउटा पसलमा लागेको आगो अन्य घरमा सल्किएको थियो । आगलागीबाट चार घरमा पूर्ण क्षति भएका र अन्य घरमा पनि क्षति पुगेको पालिकाको वडा नं ६ निवासी चन्ना धोवीले बताए । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थीले आगलागीबाट क्षति भएका परिवारलाई उचित राहतका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया