आइतबार, वैशाख २३, २०८१

सेयर बजारमा सामान्य गिरावट, २ अर्ब ३६ करोडकाे काराेबार

मेरोन्यूज २०८१ वैशाख १३ गते १५:२३

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ ।

Advertisement

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुँदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए ।

त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको शेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ ।

आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ ।

आज कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ ।
  

प्रतिक्रिया