शुक्रबार, वैशाख २१, २०८१

पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ

मेरोन्यूज २०८१ वैशाख ७ गते १८:१३

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।

नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।

दोषी ठहर पौडेलको सजाय निर्धारणका लागि वैशाख २५ गते मिति तोकिएको छ ।

यो प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया