बिहीबार, वैशाख २०, २०८१

नेपालले गुमायाे तेस्रो विकेट, कप्तान राेहित आउट

मेरोन्यूज २०८१ वैशाख ७ गते १२:३०

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

रोहित संघर्षपूर्ण ब्याटिङ गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

प्रतिक्रिया