बिहीबार, वैशाख २०, २०८१

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८१ वैशाख ७ गते ११:२५

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया