बुधबार, वैशाख १९, २०८१

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

मेरोन्यूज २०८१ वैशाख ६ गते १६:०५

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । 

मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गरेका हुन् ।  माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् । उनीहरुको आजै शपथ गराउने तयारी भएको छ । 

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ ।

मधेस प्रदेशमा समा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत र माओवादी केन्द्रले २-२ मन्त्रालय पाएका छन् ।
   

प्रतिक्रिया